images
images
  • इरान समर्थित हुथी विद्रोहीद्वारा अमेरिकालाई चेतावनी

    काठमाडौं– इरान समर्थित हुथी विद्रोही समूहका एक वरिष्ठ नेताले यमनमा पुनः चर्किएको गृहयुद्धमा साउदी अरेबियाको पक्षमा सहभागी नहुन विभिन्न देशलाई चेतावनी दिएका छन् ।

    हुथी समूहको राजनीतिक ब्युरोका सदस्य मोहम्मद अल–बुखाइतीले आइतबार द एसोसिएटेड प्रेस (एपी)सँगको अन्तर्वार्तामा यस्तो धारणा व्यक्त गरेका हुन् ।

    उनका अनुसार यमनको पश्चिमी तटीय क्षेत्रमा हुथी समूहको गतिविधि बढ्दै बाब अल–मन्देब जलडमरूमध्यसम्म पुगेपछि अमेरिकाले हुथी समूहसँग सम्पर्क गरेको थियो ।

    अल–बुखाइतीले अमेरिकी पक्षसँग भएको सम्पर्कका क्रममा हुथी समूहले लाल सागरमा अमेरिकी पानीजहाजलाई लक्षित नगर्ने स्पष्ट पारेको बताए ।

    उनका अनुसार समूहले उक्त क्षेत्रमा अमेरिका वा अन्य कुनै राष्ट्रका पानीजहाजलाई लक्षित नगर्ने नीति रहेको जनाएको छ ।

    यद्यपि, उनले साउदी अरेबियालाई भने यसबाट अलग राखेका छन् ।

    ‘हामीले जलडमरूमध्यमा अमेरिका वा अन्य कुनै राष्ट्रलाई लक्षित नगर्ने कुरा स्पष्ट गरेका छौँ । साउदी अरेबिया भने यसको अपवाद हो,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images