काठमाडौं – इटहरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१० संविधान चोकस्थित निर्मला स्टिल फेब्रिकेसन तालिम केन्द्रमा काम गर्दै आएका उदयपुरको चौदण्डीगढी नगरपालिका–२ का २० वर्षीय शिवम् विकको करेन्ट लागेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार आज बिहान मोटरको स्विच खोल्ने क्रममा अचानक विकको बायाँ हातमा करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका विकलाई उपचारका लागि इटहरी सामुदायिक अस्पताल लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















