images
images
  • अमेरिकाले पुनः आक्रमण गरे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी

    काठमाडौं– इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले अमेरिकाले पुनः हमला गरे नयाँ र रणनीतिक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ ।

    आईआरजीसीका प्रवक्ता हुसेन मोहेबीले युद्धको यस चरणमा अहिलेसम्म प्रयोग नगरिएका हतियार अमेरिकाविरुद्ध प्रयोग गरिने बताएका हुन् ।

    उनका अनुसार इरानले यस्ता हतियार विकास गर्नुका साथै तिनको क्षमता समेत बढाएको छ ।

    उनको चेतावनी अमेरिकाले केही देशको स्वीकृति पाएपछि इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न खोजिरहेको दाबीपछि आएको हो ।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धबारे निकट भविष्यमा ‘धेरै ठूलो कुरा’ हुन सक्ने बताएका छन् ।

    उनले आफू महत्वपूर्ण निर्णय गर्ने अवस्थामा रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images