काठमाडौं– हुण्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल न्यू भेन्यू’ अब भैरहवा, बुटवल र दाङमा पनि औपचारिक रूपमा उपलब्ध भएको छ । यससँगै ती क्षेत्रका ग्राहकले नयाँ पुस्ताको भेन्यू प्रत्यक्ष अवलोकन तथा परीक्षण गर्न सक्ने भएका छन् ।
अल न्यू भेन्यूमा बोल्ड डिजाइन, आरामदायी सुविधा, आधुनिक प्रविधि र कार्यसम्पादनलाई प्राथमिकता दिइएको छ ।
गाडीको बाहिरी डिजाइनमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल र सिग्नेचर सी–पिलर गार्निश समावेश छन् ।
गाडीको भित्री भागमा १०.२५ इन्चको इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र पावर्ड टिल्ट–एन्ड–स्लाइड सनरुफ जस्ता सुविधा छन् ।
अल न्यू भेन्यूमा काप्पा १।२ लिटर एमपीआई पेट्रोल र काप्पा १।० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ । कम्पनीका अनुसार यसले दैनिक यात्रादेखि उच्च कार्यसम्पादनसम्मका लागि फरक विकल्प उपलब्ध गराउँछ ।
सुरक्षातर्फ ६ वटा एयरब्याग, ईबीडीसहितको एबीएस, इलेक्ट्रोनिक स्थिरता नियन्त्रण, सवारी साधन स्थिरता व्यवस्थापन र हिल–स्टार्ट असिस्ट नियन्त्रणलगायत सुविधा छन् ।
नेपाली बजारमा अल न्यू भेन्यूको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो तीन भेरियन्टमा उपलब्ध छ ।
एचएक्स २ र एचएक्स ५ प्लसमा ११९७ सीसी पेट्रोल इन्जिन तथा एचएक्स ५ डीसीटीमा ९९८ सीसी पेट्रोल इन्जिन दिइएको छ ।
भैरहवा, बुटवल, दाङ तथा आसपासका ग्राहकले सम्बन्धित सोरुममा पुगेर गाडीको डिजाइन, प्रविधि, भित्री सुविधा र कार्यसम्पादनबारे थप जानकारी लिन सक्नेछन् ।


विश्व खबर 


















