काठमाडौं– सवारी चालक अनुमतिपत्र वितरणलाई थप व्यवस्थित र सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको छ ।
पूर्वाधार विकास मन्त्रालयमा मंगलबार भएको सम्झौताअनुसार विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएल भीआरएस) बाट जारी हुने लाइसेन्सको विवरण सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जानेछ । त्यसपछि केन्द्रबाटै लाइसेन्स छपाइ हुने व्यवस्था गरिएको छ ।
छापिएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा वितरण गर्ने तथा सेवाग्राहीले इच्छाएको ठेगानामा पुर्याउने प्रक्रियालाई थप व्यवस्थित बनाउन सम्झौताले सहयोग पुग्ने मन्त्रालयले जनाएको छ ।
नयाँ व्यवस्थाले लाइसेन्स छपाइ र वितरण प्रक्रियालाई एकीकृत गर्दै सेवाग्राहीले अनुमतिपत्र प्राप्त गर्न लाग्ने समय तथा झन्झट कम गर्ने अपेक्षा गरिएको छ ।


विश्व खबर 


















