काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिमा गगनकुमार थापा सर्वसम्मत हुने सम्भावना देखिएको छ ।
सभापतिका आकांक्षी पूर्णबहादुर खड्का र शेखर कोइराला महाधिवेशनमा सहभागी नहुने भएपछि थापाका लागि प्रतिस्पर्धाको अवस्था कमजोर बनेको हो ।
सभापतिबाहेक दुई उपसभापति, दुई महामन्त्री, ११ सहमहामन्त्री र कोषाध्यक्ष गरी १६ पदमा भने कडा प्रतिस्पर्धा हुने नेताहरूले बताएका छन् ।
विभिन्न समूहबाट आएका नेताहरूलाई समेटेर पदाधिकारी चयन गर्ने चुनौती थापासामु रहेको छ ।
यसैबीच कांग्रेसको संस्थापन इतर समूहले असोजको महाधिवेशनमा सहभागी नहुने र मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ ।
पार्टी एकताका लागि संवादको सम्भावना भने अझै कायमै रहेको संस्थापन पक्षले जनाएको छ ।
यद्यपि राजनीतिक वृत्तमा गगनले एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने र नेकपा संयोजक प्रचण्डकै शैलीमा महाधिवेशन गर्न लागेको आरोप लाग्दै आएको छ ।
ओली, रवि र प्रचण्डले विरोधीलाई बाइपास गरेर महाधिवेशन गर्दै आएका छन् ।


विश्व खबर 



















