काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजार आज खुला रहने जानकारी दिएको छ ।
नेप्सेका ७२ कारोबार सदस्यको तथ्याङ्क केन्द्रका रूपमा रहेको डाटा हबमा देखिएको प्राविधिक समस्या समाधान भएसँगै शेयर बजारको कारोबार सुचारु गर्न लागिएको हो ।
यसअघि केही ब्रोकरहरूको सर्भरमा आएको प्राविधिक समस्याका कारण सोमबार कारोबार बन्द भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















