काठमाडौं – साताको दोस्रो कारोबार दिन मंगलबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.७७ अंकले घटेको छ ।
सोमबार ३२.६५ अंक घटेर २ हजार ६५७.५० विन्दुमा बन्द भएको नेप्से मंगलबार प्रि–ओपन सेसनमा २ हजार ६५३.७३ विन्दुमा झरेको हो । यस अवधिमा सेन्सेटिभ इन्डेक्स भने ०.४१ अंकले बढेको छ ।
मंगलबार प्रि–ओपन सेसनमा ५४ वटा कम्पनीको सेयर कारोबार भएको छ । ९१ पटकको कारोबारमा कुल ५२ हजार ३६३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ करोड ५१ लाख २२ हजार ३२६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये १३ वटाको सेयर मूल्य बढेको छ भने ३२ वटाको घटेको छ । बाँकी नौ कम्पनीको मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्





















