images
images
  • मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको सेयर मूल्य समायोजन

    काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । दुवै कम्पनीले साधारणसभा तथा बोनस सेयर वितरण प्रयोजनका लागि बुक क्लोज गरेपछि नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।

    नेप्सेले मंगलबार मञ्जुश्री फाइनान्सको ५ प्रतिशत र बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपछि मञ्जुश्री फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ७२३ रुपैयाँ ३३ पैसा कायम भएको छ । त्यस्तै, बरुण हाइड्रोपावरको समायोजित सेयर मूल्य प्रतिकित्ता ३२३ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ ।

    नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम सेयर मूल्यलाई आधार मानेर समायोजन गरेको हो । अघिल्लो कारोबार दिन दोस्रो बजारमा मञ्जुश्री फाइनान्सको सेयर प्रतिकित्ता ७५९ रुपैयाँ ५० पैसा र बरुण हाइड्रोपावरको सेयर प्रतिकित्ता ३३८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो । सोही मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा यी कम्पनीको सेयर कारोबार हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images