images
images
  • प्रि–ओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो

    काठमाडौं – साताको कारोबार हुने बिहीबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ ।

    अघिल्लो कारोबार दिन बुधबार २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा बन्द भएको नेप्से परिसूचक बिहीबार प्रि–ओपन सेसनमा ०.१५ अंकले बढेर २६२१.४१ विन्दुमा पुगेको हो । यद्यपि, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१८ अंकले घटेको छ ।

    बिहीबारको प्रि–ओपन सेसनमा ५३ वटा स्टकको ९० पटक कारोबार भएको छ । उक्त कारोबारमा कुल ५ करोड २ लाख ९३ हजार ५७८ रुपैयाँबराबरका ५४ हजार ७२८ कित्ता शेयर खरिदबिक्री भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images