images
images
  • टक्सार पिखुवा खोला हाइड्रोपावरको २ लाख १४ हजारभन्दा बढी कित्ता शेयरको लक–इन अवधि सकिँदै

    काठमाडौं– टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषको स्वामित्वमा रहेको २ लाख १४ हजार ३३२ कित्ता साधारण शेयरको लक–इन अवधि कात्तिक ५ गतेपछि समाप्त हुने भएको छ ।

    कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ४२ लाख ३० हजार ६६८ कित्ता शेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयरमध्ये उक्त परिमाणको शेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।

    नेपाल धितोपत्र बोर्डको व्यवस्था अनुसार सामूहिक लगानी कोषका दुईवटा योजना परिपक्व भइसकेकाले ती योजनाको स्वामित्वमा रहेका कुल २ हजार ५०१ कित्ता शेयरको लक–इन अवधि भने यसअघि नै फुकुवा गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीले शेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालालाई जानकारी गराउने उद्देश्यले लक–इन अवधि समाप्त हुनेसम्बन्धी सूचना प्रकाशित गरेको हो । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको शेयर रजिस्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images