images
images
  • पहिलो विदेश भ्रमण गरेर स्वदेश फर्किए गृहमन्त्री सुधन गुरुङ

    काठमाडौं– तीनदिने भारत भ्रमण सकेर गृहमन्त्री सुधन गुरुङ गएराति स्वदेश फर्किएका छन् ।

    भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी गएका थिए ।

    स्वदेश फर्कने क्रममा इन्दिरागान्धी अन्तरराष्ट्रिय विमानस्थलमा गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री डा.एस जयशङ्करसँग सङ्क्षिप्त भेटवार्ता भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    मन्त्री गुरुङ यही असोज २६ गते भारत भ्रमणमा गएका थिए । मन्त्री भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images