images
images
  • बेनी हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता २७३ रुपैयाँमा

    काठमाडौं – बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड को नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पहिलो कारोबार भएको छ । असोज २९ गते बिहीबार स्पेशल प्रि–ओपन सेसनमा कम्पनीको शेयर प्रतिकित्ता २७३ रुपैयाँमा कारोबार भएको हो ।

    कम्पनीको शेयर असोज २७ गते मंगलबार नेप्सेमा सूचीकृत भएको थियो । त्यसअनुसार असोज २८ गते बुधबार स्पेशल प्रि–ओपन सेसनमा पहिलो कारोबार हुनुपर्ने भए पनि म्याचिङ हुन नसकेपछि कारोबार हुन सकेको थिएन । सोही कारण कम्पनीको पहिलो कारोबार बिहीबार भएको हो ।

    कम्पनीको कुल १ करोड ४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । यसमध्ये सर्वसाधारणलाई वितरण गरिएको २० लाख ८० हजार कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ८३ लाख २० हजार कित्ता शेयर रहेको छ ।

    पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको शेयरको ओपनिङ रेञ्ज प्रतिकित्ता ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्म तोकेको थियो । सोही रेञ्जका आधारमा बिहीबार स्पेशल प्रि–ओपन सेसनमा प्रतिकित्ता २७३ रुपैयाँमा पहिलो कारोबार भएको हो ।

    स्पेशल प्रि–ओपन सेसनमा पहिलो कारोबार भएपछि अब बेनी हाइड्रोपावरको शेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ । कम्पनीको शेयर संकेतमा कारोबार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images