images
images
  • प्रि–ओपन सेसनमा नेप्से ३.९० अंकले घट्यो

    काठमाडौं – साताको कारोबारको चौथो दिन बुधबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.९० अंकले घटेको छ । यससँगै नेप्से परिसूचक २६२६.८६ विन्दुमा झरेको हो ।

    अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ०.९४ अंकले बढेर २६३०.७६ विन्दुमा बन्द भएको थियो । बुधबार प्रि–ओपन सेसनमा नेप्से घटे पनि सेन्सेटिभ इन्डेक्स भने ०.८४ अंकले बढेको छ ।

    यस दिन प्रि–ओपन सेसनमा ५९ वटा स्टकको ९२ पटक कारोबार भएको छ । उक्त कारोबारमा ६७ हजार ४३१ कित्ता सेयर ४ करोड ४४ लाख २४ हजार ६७ रुपैयाँ २० पैसामा खरिदबिक्री भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images