काठमाडौं – नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भएको हो ।
महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर प्रतितोला ३ हजार ९८० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ३ हजार ९७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















