images
images
  • प्रि–ओपन सेसनमा नेप्से २.०५ अंकले घट्यो

    काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.०५ अंकले घटेको छ । अघिल्लो कारोबार दिन बिहीबार ३१.५४ अंक बढेर २ हजार ६९५.६० विन्दुमा बन्द भएको नेप्से यस दिन प्रि–ओपन सेसनमा घटेर २ हजार ६९३.५५ विन्दुमा झरेको हो ।

    यस अवधिमा सेन्सेटिभ इन्डेक्स पनि ०.२९ अंकले घटेको छ ।

    शुक्रबारको प्रि–ओपन सेसनमा ७० वटा कम्पनीका १ लाख २० हजार ६४४ कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल ११० पटक भएको कारोबारबाट ६९ लाख २८ हजार ३६२ रुपैयाँ ४० पैसाको कारोबार भएको छ ।

    कारोबारमा सहभागी ७० स्टकमध्ये २६ वटाको मूल्य बढेको छ भने ३४ वटाको घटेको छ । बाँकी १० स्टकको मूल्य भने स्थिर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images