काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.८२ अंकले घटेको छ । यससँगै नेप्से परिसूचक २६६०.२३ विन्दुमा झरेको छ ।
अघिल्लो कारोबार दिन बुधबार ३३.२९ अंक बढेर २६६४.०६ विन्दुमा बन्द भएको नेप्से बिहीबारको प्रि–ओपन सेसनमा घटेको हो । यस सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १.१७ अंकले घटेको छ ।
बिहीबार प्रि–ओपन सेसनमा ७७ वटा कम्पनीका सेयर १३९ पटक कारोबार भएका छन् । ती कारोबारमा कुल ११ हजार ८४७ कित्ता सेयर ५२ लाख २५ हजार ३५७ रुपैयाँ ५० पैसामा खरिदबिक्री भएको छ ।
यस अवधिमा २६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ वटाको घटेको छ। बाँकी १६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्





















