images
images
  • प्रि–ओपन सेसनमा नेप्से ०.०४ अंकले घट्यो, २५ कम्पनीको शेयर मूल्य बढ्यो

    काठमाडौं – साताको पहिलो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । यस सेसनमा नेप्से ०.०४ अंकले घटेर दुई हजार ६९०.१० विन्दुमा झरेको हो ।

    अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार नेप्से ५.४५ अंकले घटेर दुई हजार ६९०.१५ विन्दुमा बन्द भएको थियो । सोमबार प्रि–ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.०८ अंकले बढेको छ ।

    यस दिन प्रि–ओपन सेसनमा ८९ वटा स्टकको २२७ पटक कारोबार भएको छ। उक्त कारोबारमा ३७ हजार २९७ कित्ता शेयर खरिदबिक्री हुँदा कुल एक करोड ६४ लाख १० हजार २४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    कारोबारमा आएका स्टकमध्ये २५ वटाको मूल्य बढेको छ भने ४५ वटाको घटेको छ। बाँकी १९ वटा स्टकको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images