images
images
  • माण्डु हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माण्डु हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको भदौ १८ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको बोनस सेयरबापत १३ लाख ६३ हजार ६३७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

    सूचीकृत सेयर आजदेखि कारोबारयोग्य हुनेछन्। यद्यपि, सम्बन्धित सेयरधनीको हितग्राही (डिम्याट) खातामा सेयर जम्मा भएपछि मात्र खरिदबिक्री गर्न सकिनेछ ।

    कम्पनीले चालु वर्ष १० प्रतिशत बोनस सेयरसँगै कर प्रयोजनसहित १२ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images