काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार साँझ ओलीलाई भेट्न गगन थापा भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेका हुन् ।
पधेश प्रदेश सरकारबाट एमालेले समर्थन फिर्ता लिएपछि कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नेतृत्वको सरकार सङ्कटमा परेको छ । यही मेसोमा थापाले ओलीसँग महत्वपूर्ण भेट गरेका हुन् ।
एमाले, जसपा र नेकपा मिलेर नयाँ सरकारको गृहकार्य गरिरहेका बेला थापाले ओलीलाई भेटेका छन् ।
सो भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्






















