काठमाडौं– भारतका नवनियुक्त राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी मंगलबार एअर इन्डियाको विमानबाट काठमाडौं ओर्लिएका हुन् ।
उनले बुधबारदेखि दूतावासमा कार्यभार सम्हाल्ने भएका छन् । उनी दक्षिण एसियाको राजनीतिमा विशेष दख्खल राख्ने भारतीय कूटनीतिज्ञ हुन् ।
यसअघिका राजदूत नवीन वास्तवको चार वर्षे कार्यकाल पूरा भएपछि भारतले दलेलालाई नयाँ राजदूत नियुक्त गरेको हो ।
भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणअगावै राजदूत दलेलाले कार्यभार सम्हाल्न लागेका हुन् ।
मिश्री आगामी हप्ता नेपाल भ्रमणमा आउने भएका छन् । उनी प्रधानमन्त्री बालेन्द्र शाहको औपचारिक भारत भ्रमणको तयारीका विषयमा छलफल गर्न नेपाल आउन लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्






















