काठमाडौं – साताको कारोबारको चौथो दिन बुधबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.२६ अंकले बढेको छ । अघिल्लो कारोबार दिन मंगलबार ६.६२ अंकले बढेर २ हजार ६६४.१३ विन्दुमा बन्द भएको नेप्से बुधबार प्रि–ओपन सेसनमा २ हजार ६६८.४० विन्दुमा पुगेको हो । यस अवधिमा सेन्सेटिभ इन्डेक्स पनि ०.३५ अंकले बढेको छ ।
बुधबारको प्रि–ओपन सेसनमा ७० वटा स्टकको १३८ पटक कारोबार भएको छ । उक्त कारोबारमा कुल १ लाख १७ हजार ३७८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ करोड ४८ लाख १३ हजार १३८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका स्टकमध्ये २० वटाको मूल्य बढेको छ भने ३३ वटाको घटेको छ । बाँकी १७ वटा स्टकको मूल्य भने स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्




















