images
images
  • प्रि–ओपन सेसनमा नेप्से २.३५ अंकले घट्यो

    काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.३५ अंकले घटेको छ । यससँगै नेप्से २ हजार ६५०.२३ विन्दुमा झरेको छ ।

    अघिल्लो कारोबार दिन बिहीबार १२.९५ अंक घटेर २ हजार ६५२.५८ विन्दुमा बन्द भएको नेप्से शुक्रबारको प्रि–ओपन सेसनमा पनि ओरालो लागेको हो। यस अवधिमा सेन्सेटिभ इन्डेक्ससमेत ०.४९ अंकले घटेको छ ।

    शुक्रबार प्रि–ओपन सेसनमा ५९ वटा कम्पनीको ८९ पटक कारोबार भएको छ । उक्त कारोबारमा ३ हजार ८०० कित्ता सेयर १८ लाख ४५ हजार ५९० रुपैयाँमा खरिदबिक्री भएको छ ।

    कारोबार भएका स्टकमध्ये ११ वटाको मूल्य बढेको छ भने ४० वटाको घटेको छ । बाँकी ८ वटा स्टकको मूल्य स्थिर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images