काठमाडौं – साताको दोस्रो कारोबार दिन बुधबार प्रि(ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव ९८ अंकले बढेको छ ।
अघिल्लो कारोबार दिन मंगलबार ७ दशमलव ०६ अंकले बढेर २ हजार ६५४ दशमलव २८ विन्दुमा बन्द भएको नेप्से परिसूचक बुधबारको प्रि–ओपन सेसनपछि २ हजार ६७० दशमलव २७ विन्दुमा पुगेको हो ।
यस अवधिमा सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १६ अंकले बढेको छ ।
बुधबारको प्रि–ओपन सेसनमा ८९ वटा स्टकको १५९ पटक कारोबार भएको छ। सो अवधिमा ७ हजार ८७१ कित्ता शेयर खरिदबिक्री हुँदा कुल ४६ लाख २१ हजार ३९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका स्टकमध्ये २८ वटाको शेयर मूल्य बढेको छ भने ४४ वटा स्टकको मूल्य घटेको छ। बाँकी १७ वटा स्टकको शेयर मूल्य भने स्थिर रहेको छ ।
प्रि(ओपन सेसनमा देखिएको वृद्धिसँगै नियमित कारोबार सुरु हुनुअघि नेप्से परिसूचक २ हजार ६७० विन्दुमाथि पुगेको हो ।


विश्व खबर 



















