काठमाडौं – साताको कारोबारको चौथो दिन बुधबार प्रि(ओपन सेसनमा नेप्से परिसूचक १.६८ अंकले बढेको छ ।
मंगलबारको कारोबारमा ४८.५७ अंकले बढेर २ हजार ६३३.६२ विन्दुमा बन्द भएको नेप्से बुधबार प्रि–ओपन सेसनमा १.६८ अंकले बढेर २ हजार ६३५.३१ विन्दुमा पुगेको हो ।
यस अवधिमा सेन्सेटिभ परिसूचक पनि ०.४२ अंकले बढेको छ ।
बुधबारको प्रि(ओपन सेसनमा ७७ वटा कम्पनीका शेयर १५२ पटक कारोबार भएका छन् । उक्त अवधिमा कुल ४६ हजार ७०८ कित्ता शेयर खरिदबिक्री हुँदा ४ करोड ९७ लाख ६८ हजार ७७० रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।
प्रि–ओपन सेसनमा कारोबार भएका कम्पनीमध्ये २९ वटाको शेयर मूल्य बढेको छ भने ३७ वटाको शेयर मूल्य घटेको छ। बाँकी ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















