काठमाडौं – बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक शेयर (आइपिओ) सोमबार बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आइपिओ बाँडफाँट गरिएको हो ।
बाँडफाँटअनुसार ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
२३ लाखभन्दा बढीले दिएका थिए आवेदन
बेनी हाइड्रोपावरको आइपिओमा सर्वसाधारणबाट उल्लेख्य आवेदन परेको थियो । कुल २३ लाख ५१ हजार ५५० जनाले २ करोड ६२ लाख ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए ।
त्यसमध्ये २३ लाख ५ हजार २३३ वटा आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।
८ लाख ६३ हजार २०० कित्ता शेयर निष्कासन
कम्पनीले भदौ २२ गतेदेखि भदौ २६ गतेसम्म सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । यसअनुसार सर्वसाधारणतर्फ निष्कासन गरिएको शेयरको कुल मूल्य ८ करोड ६३ लाख २० हजार रुपैयाँ रहेको छ ।
कहाँ हेर्ने आइपिओको नतिजा ?
आइपिओमा आवेदन दिएका लगानीकर्ताले आफ्नो नतिजा एनएमबी क्यापिटलको वेबसाइट तथा मेरो शेयरमार्फत हेर्न सक्नेछन् ।
त्यसैगरी, धितोपत्र केन्द्रीय निक्षेप सेवा तथा सम्बन्धित आधिकारिक आइपिओ नतिजा प्रणालीबाट समेत नतिजा हेर्न सकिनेछ ।


विश्व खबर 


















