images
images
  • सिद्धार्थ बैंकको डिबेञ्चर बिहीबार परिपक्व हुँदै

    काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले ‘१०.२५ प्रतिशत एसबीएल डिबेञ्चर २०८३’ परिपक्व हुन लागेको जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई दिएको छ ।

    बैंकले २०७६ सालमा जारी गरेको उक्त डिबेञ्चरमा २५ लाख इकाइ रहेका छन् । प्रतिइकाइ १ हजार रुपैयाँ अंकित मूल्य रहेको डिबेञ्चरको ब्याजदर वार्षिक १०.२५ प्रतिशत थियो ।

    बैंकले उक्त डिबेञ्चर २०७६ भदौ २६ गते बाँडफाँट गरेको थियो । त्यसपछि २०७६ कात्तिक ५ गते नेप्सेमा सूचीकृत भएको थियो ।

    बैंकका अनुसार ७ वर्षे अवधिको उक्त डिबेञ्चर २०८३ भदौ २५ गते परिपक्व हुँदैछ ।

    डिबेञ्चरको अवधि सकिन लागेको जानकारी गराउँदै बैंकले नेप्सेलाई आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ । बैंकले लिस्टिङ सम्झौतामा भएको व्यवस्थाअनुसार डिबेञ्चर परिपक्वतासम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्न नेप्सेलाई आग्रह गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images