काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२ दशमलव ८५ अंकले बढेर २ हजार ६४७ दशमलव २२ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको हो ।
यस दिन ३४५ वटा धितोपत्रका २ करोड १२ लाख ७२ हजार ७६१ कित्ता सेयर खरिद–बिक्री भएका छन् ।
कारोबारमा आएका कम्पनीमध्ये १९६ वटाको सेयर मूल्य बढेको छ भने ७४ वटाको घटेको छ। यस्तै, ९ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
स्नो रिभर्सको मूल्य सर्वाधिक बढ्यो
शुक्रबार स्नो रिभर्सको सेयर मूल्य सर्वाधिक १३ दशमलव ६६ प्रतिशतले बढेको छ । यसको प्रतिकित्ता मूल्य १ हजार ५७ रुपैयाँ पुगेको छ ।
यस्तै, इन्फिनिटी लघुवित्तको सेयर मूल्य ९ दशमलव ८१ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ६५ रुपैयाँ कायम भएको छ ।
हाथवे इन्भेस्टमेन्टको सेयरमा १५ प्रतिशत गिरावट
शुक्रबार हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ। कम्पनीको प्रतिकित्ता मूल्य ४९९ रुपैयाँ ८० पैसामा झरेको छ।
त्यस्तै, धौलागिरी लघुवित्तको सेयर मूल्य ५ दशमलव १३ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार १८४ रुपैयाँ २० पैसा कायम भएको छ ।
कुमारी बैंकको सर्वाधिक कारोबार
शुक्रबार कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ । बैंकको प्रतिकित्ता २२७ रुपैयाँका दरले ३२ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ४ दशमलव १३ प्रतिशतले बढेको हो ।
सर्वाधिक कारोबार हुने कम्पनीको दोस्रो स्थानमा लक्ष्मी सनराइज बैंक रहेको छ। बैंकको प्रतिकित्ता ३४६ रुपैयाँ ४० पैसाका दरले २७ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
११ समूहको परिसूचक बढ्यो
शुक्रबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये वित्त र अन्य समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको छ ।


विश्व खबर 



















