images
images
  • सुरक्षाकर्मीलाई पनि जलविद्युत् आयोजनाको आईपीओमा कोटा

    काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयरमा दुई प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढाइएको बताएका छन् ।

    प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भोटेकोशी–त्रिशूली बाढीका क्रममा सुरक्षाकर्मीले गरेको खोज, उद्धार तथा पुन:स्थापनाको योगदानको सम्मानस्वरूप यस्तो व्यवस्था गर्न लागिएको बताएका हुन् ।

    यस्तै, बाढीमा ज्यान गुमाएका वा सम्पर्कविहीन नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत र ६ महिनासम्म तलबको ५० प्रतिशत रकम उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए ।

    बाढी प्रभावित विद्युत् ग्राहकलाई भदौदेखि न्यूनतम बिलिङ नगर्ने, क्षतिग्रस्त मिटरको लगत कट्टा गर्ने र नयाँ मिटर नि:शुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ । १५ स्थानीय तहका प्रभावित ग्राहकलाई थप महसुल सहुलियत दिनेबारे पनि अध्ययन भइरहेको मन्त्री श्रेष्ठले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images