काठमाडौं – साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १६.४७ अंकले घटेर २ हजार ६१३.३३ विन्दुमा बन्द भएको हो ।
यस दिन कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ । अघिल्लो दिन ५ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार ३५७ वटा धितोपत्रको १ करोड ३१ लाख ७८ हजार १३८ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा ५० कम्पनीको सेयर मूल्य बढ्दा २२३ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
लक्ष्मी बैंकको ऋणपत्रमा सर्वाधिक वृद्धि
सोमबार लक्ष्मी बैंकको ऋणपत्र २०९२ को मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ । उक्त ऋणपत्रको प्रतिकित्ता मूल्य १ हजार १०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, कुमारी बैंक ऋणपत्र २०९० को मूल्य १२.१७ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ६० रुपैयाँ पुगेको छ ।
हाथवे इन्भेस्टमेन्टको सेयरमा सर्वाधिक गिरावट
यस दिन हाथवे इन्भेस्टमेन्टको सेयर मूल्य सर्वाधिक १०.५८ प्रतिशतले घटेको छ। कम्पनीको प्रतिकित्ता मूल्य ४०५ रुपैयाँमा झरेको छ ।
त्यस्तै, इमर्जिङ नेपाल को सेयर मूल्य ९।९२ प्रतिशतले घटेर प्रतिकित्ता ४९६ रुपैयाँमा सीमित भएको छ ।
हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार
सोमबार हिमालयन डिस्टिलरी को सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता १ हजार ३२३ रुपैयाँका दरले ३५ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ०।८४ प्रतिशत बढेको छ ।
सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। कम्पनीको प्रतिकित्ता ६९५ रुपैयाँ १० पैसाका दरले २९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
१२ समूहको परिसूचक घट्यो
सोमबार कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक बढेको छ । बाँकी १२ समूहको परिसूचक घटेको छ ।
निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक १।२० प्रतिशतले घटेको छ ।


विश्व खबर 
















