काठमाडौं– पछिल्लो १२ घण्टामा गुल्मीमा ११४ मिलिमिटर वर्षा मापन भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ६:३० बजेसम्म गुल्मीको भार्से मौसम मापन केन्द्रमा उक्त वर्षा मापन गरिएको हो ।
महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ । यस्तै कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जनाइएको छ ।
मौसममा आएको सक्रियताका कारण आज पनि देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ । विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
वर्षाका कारण पहाडी तथा हिमाली क्षेत्रमा सडक तथा यातायात प्रभावित हुनसक्ने, नदी तथा खोलामा पानीको बहाव बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
महाशाखाले वर्षा र मौसमसम्बन्धी थप विवरण तथा अद्यावधिक सूचना नियमित रूपमा सार्वजनिक गर्दै आएको छ ।
मौसममा मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज भारी वर्षासँगै हावाहुरीको चेतावनी


विश्व खबर 


















