images
images
  • प्रि–ओपनमै बढ्यो नेप्से, २५७४ विन्दुमा

    काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक १.६८ अंकले बढेको छ । यससँगै नेप्से २५७४.०३ विन्दुमा पुगेको छ ।

    अघिल्लो कारोबार दिन बुधबार नेप्से ६.३८ अंकले घटेर २५७२.३४ विन्दुमा बन्द भएको थियो । बिहीबार प्रि–ओपनमै बजारले सामान्य सुधार देखाएको हो । यस अवधिमा सेन्सेटिभ इन्डेक्ससमेत ०.२४ अंकले बढेको छ ।

    प्रि–ओपन सेसनमा ५२ वटा स्टकको ८२ पटक कारोबार भएको छ । कुल ४ हजार ९०९ कित्ता शेयर किनबेच हुँदा ३४ लाख ७५ हजार ८३२ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images