images
images
  • प्रि–ओपन सेसनमा नेप्से ०.५७ अंकले घट्यो

    काठमाडौं — बुधबारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन मंगलबार ११.९६ अंक बढेर २,५७८.७३ विन्दुमा पुगेको नेप्से बुधबार प्रि–ओपन सेसनमा ०.५७ अंक घटेर २,५७८.१६ विन्दुमा झरेको हो ।

    यद्यपि, सो सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.८२ अंकले बढेको छ ।

    बुधबार प्रि–ओपन सेसनमा ४७ वटा स्टकको ६४ पटक कारोबार भएको थियो । यस क्रममा १५ हजार ५८६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल २२ लाख ६७ हजार ६३० रुपैयाँ ८९ पैसा बराबरको कारोबार भएको छ ।

    कारोबार भएका स्टकमध्ये १४ वटाको मूल्य बढेको छ भने २९ वटा स्टकको मूल्य घटेको छ । चारवटा स्टकको मूल्य भने अघिल्लो कारोबार दिनकै स्तरमा स्थिर रहेको छ ।

    प्रि–ओपन सेसनमा अधिकांश स्टकको मूल्य घटे पनि समग्र नेप्सेमा भने सामान्य मात्रै गिरावट देखिएको हो । अब नियमित कारोबार सुरु भएपछि बजारको दिशाले थप स्पष्टता पाउनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images