images
images
  • प्रि–ओपनमै घट्यो नेप्से, १ अंकले ओरालो

    काठमाडौं – साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारको प्रि–ओपन सेसनमै नेप्से परिसूचक ओरालो लागेको छ । प्रि–ओपनमा नेप्से १.०१ अंक घटेर २ हजार ५८६.२३ विन्दुमा पुगेको छ ।

    अघिल्लो कारोबार दिन शुक्रबार नेप्से ११.९० अंक घटेर २ हजार ५८७.२५ विन्दुमा बन्द भएको थियो । सोमबारको प्रि–ओपनमा भने सेन्सेटिभ इन्डेक्स ०.०५ अंक बढेको छ ।

    प्रि–ओपन सेसनमा ६३ वटा कम्पनीका ६ हजार ३८९ कित्ता सेयर १०८ पटक कारोबार भएका छन् । यसबाट २४ लाख १३ हजार ८३० रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

    कारोबार भएका कम्पनीमध्ये १२ वटाको सेयर मूल्य बढ्दा ३४ वटाको घटेको छ । १७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

    बजार खुलेसँगै अधिकांश कम्पनीको सेयर मूल्य घट्दा नेप्सेमा थप दबाब देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images