images
images
  • नेप्सेको पूर्वखुला कारोबारमा साढे तीन अङ्कको वृद्धि

    काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार पूर्वखुला कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.५४ अङ्कले बढेर २ हजार ५७८.२० विन्दुमा पुगेको छ ।

    यसअघि बिहीबार नेप्से परिसूचक २.३१ अङ्कले बढेर २ हजार ५७४.६५ विन्दुमा बन्द भएको थियो । शुक्रबारको पूर्वखुला कारोबारमा संवेदनशील परिसूचकसमेत ०.५३ अङ्कले बढेको छ ।

    शुक्रबार पूर्वखुला कारोबारमा ६८ वटा कम्पनीका शेयर ११७ पटक किनबेच भएका छन् । उक्त कारोबारमा ४४ लाख ६० हजार २९७ रुपैयाँ ३० पैसाको १० हजार ४८४ कित्ता शेयर किनबेच भएको छ ।

    यस अवधिमा २७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी पाँच वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images