काठमाडौं – साताको पहिलो कारोबार दिन सोमबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३.३१ अंकले बढेर २ हजार ५९५.१२ विन्दुमा पुगेको छ ।
अघिल्लो कारोबार दिन शुक्रबार १७.१५ अंक बढेर २ हजार ५९१.८० विन्दुमा बन्द भएको नेप्से सोमबार प्रि–ओपन सेसनमा थप बढेको हो । यस अवधिमा सेन्सेटिभ इन्डेक्स पनि १.९४ अंकले बढेको छ ।
प्रि–ओपन सेसनमा ८० वटा कम्पनीका २२ हजार ३४ कित्ता सेयर २०२ पटकको कारोबारमा खरिदबिक्री भएका छन् । उक्त कारोबारबाट ६ करोड ३३ लाख ८८ हजार ९९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्






















