काठमाडौं– स्थानीय बजारमा दसैंको मुखैमा सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन २ हजार १ सय रुपैयाँ घटेको थियो ।
दुई दिनमा सुनको मूल्य ४ हजार ३ सय रुपैयाँ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तय गरेको छ ।
अघिल्लो दिन २ लाख ९४ हजार ४ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ६० रुपैयाँ घटेको छ ।
अघिल्लो दिन प्रतितोला ४ हजार ४१५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३५५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्






















