images
images
  • नबिल बैंकका पाँच शाखाबाट दसैंका लागि नयाँ नोट सटही

    काठमाडौं – नबिल बैंकले बडादसैँ २०८३ को अवसरमा सर्वसाधारणका लागि नयाँ तथा सुकिला नोट सटही र वितरण गर्ने भएको छ । बैंकले असोज २७ देखि २९ गतेसम्म तीन दिन पाँच शाखाबाट नोट सटही सुविधा उपलब्ध गराउन लागेको हो ।

    बैंकका अनुसार काठमाडौंका कान्तिपथ, बल्खु र वनस्थली शाखा तथा ललितपुरको च्यासल र भक्तपुरको दुवाकोट शाखाबाट नयाँ तथा सुकिला नोट सटही गर्न सकिनेछ ।

    नोट सटही सेवा तोकिएका शाखाबाट बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उपलब्ध हुने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकमार्फत नोट वितरण गर्ने व्यवस्थाबमोजिम नबिल बैंकले यस्तो सेवा सञ्चालन गर्न लागेको हो ।

    दसैँमा टीका लगाउँदा दक्षिणा दिन तथा अन्य धार्मिक र सांस्कृतिक परम्परामा साना दरका नोटको माग बढ्ने भएकाले सर्वसाधारणको सुविधाका लागि नोट सटहीको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images