काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सांसद खगेन्द्र सुनारमाथि छानबिन गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ ।
सांसद सुनारका सम्बन्धमा सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार, श्रव्यसामग्री र उठेका प्रश्नहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रास्वपाले यस्तो निर्देशन दिएको हो । पार्टीका महामन्त्री विपिन कुमार आचार्यले विज्ञप्ति नै जारी गरेर सुनारमाथि छानबिन गर्न निर्देशन दिएका हुन् ।
विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाव, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता गम्भीर र संवेदनशील विषयहरूमा पार्टीको शून्य सहनशीलताको नीति रहेको स्पष्ट पारिएको छ ।

उम्लदा उम्लदै पोखिए खगेन्द्र सुनार, एसपी घिसार्नेदेखि नाङ्गो भिडियो बनाउनेसम्म
प्रतिक्रिया दिनुहोस्






















