धनुषा– जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकामा लगाएको निषेधाज्ञा हटाएको छ ।
जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण गर्दै जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान ५ बजेदेखि निषेधाज्ञा हटाइएको हो ।
त्यसअघि सरकारसँगको सहमतिपछि आन्दोलनरत हिन्दुवादी संघसंस्थाहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए । प्रशासनका अनुसार जिल्लाको सुरक्षा अवस्था सुधारोन्मुख रहेको र जनजीवन सामान्य बन्दै गएको छ ।
प्रशासनले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा तथा विश्लेषणपछि जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको जनाएको छ । सुनसरीको कप्तानगञ्ज घटनापछि तराई–मधेश क्षेत्रमा आन्दोलन चर्किँदा अवस्था तनावग्रस्त बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















