काठमाडौ– सुनसरीको चार स्थानीय तहमा आज बिहान १० बजेसम्म मात्रै निषेधाज्ञा कायम राखिने भएको छ ।
जिल्लाको सुरक्षा अवस्था क्रमश: सुधार हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय लिएको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार साउन १८ गते बिहान १० बजेसम्मका लागि चार स्थानीय तहमा मात्रै निषेधाज्ञा कायम रहनेछ ।
निषेधाज्ञा देवानगञ्ज गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लागू रहनेछ । यी चार स्थानीय तहबाहेक सुनसरी जिल्लाका अन्य सबै स्थानबाट निषेधाज्ञा हटाइएको छ ।
प्रशासनले जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा स्थिति सुधारउन्मुख देखिएकाले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम अधिकांश क्षेत्रबाट निषेधाज्ञा हटाएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















