काठमाडौं – काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई दरबारमार्ग क्षेत्रमा जथाभाबी फोहोर गरेको भन्दै एक लाख रुपियाँ जरिवाना तोकेको थियो । महानगरले तोकेको जरिवाना एमालेले भने सोझै अस्वीकार गरेको छ ।
एमालले महानगरको सो पत्र समेत बुझ्नस्वीकार गरेको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासल पुगेको महानगरपालिकाको टोलीलाई नेकपा एमाले केन्द्रिय कार्यालयले आफूहरु आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको हो।
शुक्रवार दरबारमार्गमा भएको जागरण सभाको आयोजक नेकपा एमाले जिल्ला काठमाडौं, नेकपा एमाले जिल्ला ललितपुर र नेकपा एमाले जिल्ला कमिटी भक्तपुर भएकाले आयोजकहरुलाई नै पत्र बुझाउन एमालेले आग्रह गरेको छ।
शुक्रवार एमालेले गरेको जागरण सभामा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले जरिबाना पत्र लेखेको थियो। एमाले केन्द्रिय कार्यालय सचिव भीष्म अधिकारीले चिठी बेठिक ठाउँमा आएको बताए। नेकपा एमाले केन्द्रिय कार्यालय उक्त कार्यक्रमको आयोजक नभएकाले आयोजकलाई नै चिठी बुझाउन आग्रह गरे।
काठमाडौं महानगरपालिकाका प्रुमख बालेन्द्र साहले स्टन्टबाजी गरेको भन्दै उनले सामान्य प्रशासनिक कुराहरु बुझेर मात्रै काम अघि बढाउन आग्रह गरे।
उनले भने, ‘यो चिठी बेठिक ठाउँमा आइपुग्यो, यो चिठीको आयोजक नेकपा एमाले केन्द्रिय कार्यालय होइन। महानगरले सामान्य कुरा के बुझ्नुपर्छ भने को आयोजक हो भन्नेकुरा थाहा पाउनुपर्छ। यो चिठी बुझाउन यसरी जे हर्कत गरिएको छ, एकदमै बेठिक भएको छ। मेयर सावले जे कुरा गरिरहनुभएको छ, नेपालमा सायद कुनैपनि कार्यालयमा चिठी बुझाउन जाँदा यस्तो तरिकाले आइँदैन। जो आयोजक हो, आयोजकलाई लगेर चिठी बुझाउनु होला।
उनले कार्यक्रम नसकिँदै सञ्चार माध्यममा पत्र पुगेको भन्दै आक्रोश व्यक्त गरे। उनले एमालेले कार्यक्रम गरेका हरेक ठाउँमा सरसफाइ गरेको दाबी गरे।
प्रतिक्रिया दिनुहोस्