images
images
  • गोलबजार क्षेत्रमा कर्फ्यु खुकुलो बनाइयो, पाँच जनासम्म भेला हुन पाउने

    सिरहा– सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यु खुकुलो बनाइएको छ ।

    आज आइतबार बिहान १० बजेदेखि राति ७ बजेसम्मका लागि कर्फ्यु खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । सुरक्षा अवस्थाको विश्लेषणपछि यस्तो निर्णय लिइएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलले जानकारी दिए ।

    उनका अनुसार लहान क्षेत्रमा शनिबार बिहान १० बजेदेखि कर्फ्यु आदेश हटाइसकिएको छ ।

    प्रशासनका अनुसार स्थानीय परिस्थितिको थप मूल्याङ्कनपछि कर्फ्यु अझ खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउने विषयमा पुन: सूचना जारी गरिनेछ ।

    यस्तै, प्रशासनले गोलबजार क्षेत्र भएर सञ्चालन हुने लामो दूरीका सवारीसाधनको आवागमन सहज बनाउन सम्बन्धित निकायलाई आवश्यक सहजीकरण गर्न पनि आग्रह गरेको छ ।

    यस्तै, कफ्र्यू खुकुलो पारिएको अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति समूह बनाएर भेला नहुन प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

    गोलबजार न.पा.को कर्फ्यु खुकुलो सम्बन्धी सूचना scaled

    प्रतिक्रिया दिनुहोस्
    images
    images