images
images
  • अत्यावश्यक सामग्री खरिद गर्न कर्फ्यु खुकुलो बनाइयो

    काठमाडौं- जिल्ला प्रशासन कार्यालय धनुषाले लगाएको कर्फ्यु केही खुकुलो पारिएको छ ।

    आज शुक्रबार बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घण्टाका लागि कर्फ्यु खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले जानकारी दिएका छन् ।

    उनका अनुसार बिहानको समयमा दूध, तरकारी, फलफूल तथा खाद्यान्न लगायतका अत्यावश्यक वस्तु किनमेलका लागि कफ्र्यु खुकुलो गरिएको हो । जस अनुसार बिहान ८ बजेभित्र अत्यावश्यक सामग्री खरिद गरी निवासमा फर्किसक्न आग्रह गरिएको छ ।

    कफ्र्युको समयमा अत्यावश्यक सेवा नियमित सञ्चालन हुने र स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी र रेडक्रस, तिर्थयात्री, बिरामी, एयरपोर्ट आउजाउ गर्ने व्यक्तिहरुलाई भने परिचयपत्रको आधारमा आउत जावत गर्न सक्ने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

    दुई समुदायबीचको तनाव बढेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका विभिन्न क्षेत्रमा बिहीबार अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो । प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images