ओखलढुंगा। नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले हरेक वर्षझैँ यस वर्ष पनि बडादशैंको पावन अवसरमा ओखलढुंगा कारागारका कैदीबन्दीहरूका लागि खसी उपलब्ध गराएका छन् ।
पार्टीमा भर्खरै प्राप्त गरेको नयाँ जिम्मेवारी, आजै पार्टी सभापतिको शपथग्रहणलगायत विभिन्न कारणले उनी स्वयं उपस्थित हुन नसकेपछि प्रतिनिधि कांग्रेस पार्टीको प्रवक्ता प्रदिप वानिय, जिल्ला सदस्य योगेश्वर अधिकारी, हेमराज राई, प्रकाश दाहाल, मानेभञ्ज्याङ सभापति हुकुम राई र मानेभञ्ज्याङ–०६, वडा सभापति गन्जुराम राई लगायत नेताहरूले कारागारमै हस्तान्तरण गरिएको थियो ।
चाडपर्वको समयमा कारागारमा रहेका कैदीबन्दीहरूसँग खुसी साटासाट गर्ने तथा उनीहरूमा आत्मीयता, सद्भाव र मानवीय भावनाको विकास गर्ने उद्देश्यले खतिवडाले हरेक वर्ष यस्तो सहयोग गर्दै आएका छन् ।
उनको यस मानवीय तथा सामाजिक सेवाभावले चाडपर्व सबैका लागि खुसी, सद्भाव र आत्मीयता बाँड्ने अवसर हुनुपर्छ भन्ने सन्देश दिएको छ। समाजका हरेक वर्ग र समुदायप्रति सद्भाव राख्दै मानवीय सेवामा निरन्तर जोड दिँदै आएका खतिवडाको यस कार्यलाई सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलताको उदाहरणका रूपमा लिन सकिने नेपाली कांग्रेस मानेभञ्ज्याङ गाउँपालिका सभापति हुकुम सिंह राईले बताए ।






















