images
images
  • मधेसमा ओलीको कालो छायाँ : सरकारबाट अचानक बहिरियो एमाले, पार्टीभित्रै विद्रोहको चेतावनी

    काठमाडौं– नेकपा (एमाले)मधेस प्रदेश सरकारबाट बाहिरिएपछि एमालेभित्रै विद्रोहको खतरा पैदा भएको छ ।

    एमालेको निर्णयविना सरकारबाट फिर्ता आउने निर्णय भएको भन्दै यस्तो विद्रोहको संकेत देखिएको छ ।

    यो प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको सपना बाँडी दिँदा यस्तो अवस्था आएको बताइएको छ।

    ‘पार्टीको कुनै बैठक बसेको छैन, संसदीय दलको बैठकमा छलफल भएको छैन, यस्तो अवस्थामा हामीले यो निर्णय किन मन्ने,’ एक सांसदले विश्वखबरसँग बताए ।

    एमालेबाट मन्त्री रहेकाहरूले आजै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामापत्र बुझाएका छन् ।

    मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएर सरकारबाट समर्थन समेत फिर्ता लिएको एमालेका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिए ।

    मधेस सरकारबाट एमालेका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याण मन्त्री लखनदास, भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समिीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले राजीनामा दिएका हुन् ।

    मधेस प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन् ।

    गठबन्धनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) समेत छ ।

    एक एमाले नेताले बिश्वखबरसँग टिप्पणी गरे– ‘एमालेको हातमा फेरि सत्ता फर्कन कठिन छ, प्रदेश सरकारमा ओलीको कालो छाँया परेको कारण यस्तो अवस्था उत्पन्न भएको हो ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images