images
images
  • कर्णालीमा नुहाउने क्रममा एक बालिका बेपत्ता, दुईको सकुशल उद्दार

    अछाम– कर्णालीमा नुहाउने क्रममा मङ्गलसेन नगरपालिका–७ की १२ वर्षीय ममता शाही बगेर बेपत्ता भएकी छन् ।

    अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोट्केसालस्थित अछाम र दैलेख जिल्लाको सिमानास्थित कर्णालीमा नुहाउने क्रममा उनी बगेर बेपत्ता भएकी प्रहरी नायब उपरीक्षक पबिन्द्र बमले बताए ।

    काठमाडौँबाट मङ्गलसेन आउँदै गरेकी शाहीसँगै बगेकी भावना र निर्मला शाहीलाई स्थानीय कुमार विष्टले सकुसल उद्धार गरेका थिए । उनीहरु दुवैको अवस्था सामान्य रहेको छ ।

    बेपत्ता भएकी ममताको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित रहेको नायव उपरीक्षक बमले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images