images
images
  • नर्वेमा सरकारी सम्पत्ति आणविक हतियार उत्पादक कम्पनीमा लगानी गर्ने प्रस्ताव

    काठमाडौं– नर्वेको सार्वभौम सम्पत्ति कोषलाई आणविक हतियार उत्पादक कम्पनीमा लगानी गर्न अनुमति दिन सकिने प्रस्ताव अघि सारिएको छ । कोषको नैतिक लगानीसम्बन्धी नियम पुनरवलोकन गर्न गठित आयोगले बिहीबार यस्तो सिफारिस गरेको हो ।

    हाल कोषले एयरबस, बोइङ र लकहिड मार्टिनसहित आणविक हतियार वा तिनका पाटपुर्जा उत्पादन गर्ने १४ कम्पनीमा लगानी गर्न रोक लगाएको छ । गाजाको युद्धमा भूमिका रहेको आरोप लागेका समूहसँग सम्बन्धित कम्पनीमा लगानी गरेको भन्दै आलोचना भएपछि सरकारले कोषको नैतिक निर्देशिका पुनरवलोकन गर्न आदेश दिएको थियो ।

    केन्द्रीय बैंकका पूर्वगभर्नर स्वेन गजेद्रेम नेतृत्वको आयोगले आणविक हतियार अप्रसार सन्धिले परिभाषित गरेका तथा नर्वेसँग आबद्ध आणविक हतियारसम्पन्न राष्ट्रमा आधारित कम्पनीमा मात्र लगानी खुला गर्न प्रस्ताव गरेको छ । यो व्यवस्था लागू भएमा बेलायत, फ्रान्स र अमेरिकाका धेरै हतियार उत्पादक कम्पनीमा कोषले पुनः लगानी गर्न सक्नेछ ।

    सरकारले आयोगका सिफारिसमाथि परामर्श गरेपछि आगामी वसन्त ऋतुमा संसद्मा छलफल तथा मतदानका लागि प्रतिवेदन प्रस्तुत गर्नेछ । विश्वभरका सात हजारभन्दा बढी कम्पनीमा लगानी गरेको नर्वेको यो कोषसँग सूचीकृत कम्पनीहरूको करिब १.५ प्रतिशत स्वामित्व छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images