काठमाडौं– स्मृति मन्धना पिक फर्ममा रहेको समयमा भारतीय क्रिकेट बोर्डले उनलाई कप्तानको बोझ बोकाउन चाहेन । तर पछिल्ला तीन मध्येका दुई डब्लुपीएल उपाधि जितेपछि उनमा रहेको नेतृत्व क्षमता पुष्टि भएको छ । यसैकारण इन्डियन क्रिकेट बोर्ड र निवर्तमान कप्तान हरमनप्रित कौरले उनलाई कप्तानको रूपमा सहजै पत्याए ।
उनको नेतृत्वमा भारतले जिम्बाबेविरुद्ध घरेलु शृङ्खला खेल्नेछ । उनको पूर्वज कौर जस्तै आक्रामक हुनेछिन् या रक्षात्मक हुनेछिन् भन्ने प्रतीक्षाको विषय छ । उनले युवा खेलाडीलाई कतिको सहयोग गर्नेछिन् ? नयाँ जिम्मेवारीले उनको ब्याटिङलाई असर त गर्ने होइन ? यी यावत प्रश्न अहिले उब्जिएका छन् ।
मन्धनाको विगत हेर्ने हो भने विगतमा उनले महत्त्वपूर्ण समयमा टोलीको नेतृत्व गर्दै पार लगाएका धेरै उदाहरण छन् । सन् २०२६ को डब्लुपीएलमा आरसीबीको नेतृत्व गरेकी एलिसे परीले अन्तिम समयमा टोली छाडेकी थिइन् । त्यस समयमा टीम व्यवस्थापन सयल सतघारेलाई कप्तान चयन गर्ने धुनमा थियो ।
अन्त्यमा टोलीको नेतृत्व गर्ने जिम्मेवारी मन्धनाले पाएकी थिइन् । उनको नेतृत्वमा टोलीले उपाधि समेत जित्यो ।
मन्धना आफैं शीर्ष रन स्कोरर भएर सिजनको अन्त्य गरिन् भने सतघारे बलिङमा जमिन् । राधा यादवलाई विस्फोटक ब्याटरको रूपमा उभ्याउन सफल भइन् । अन्ततः सिजन आरसीबी उपाधि जित्न सफल भयो ।

उनले डब्लुपीएलमा खराब समयको पनि सामना गरेकी थिइन् । सन् २०२३ मा उनले एक अर्धशतक पनि प्रहार गर्न सकेकी थिइनन् । सोही कारण उनको टोली पाँचमध्ये चौथो स्थानमा रहेको थियो ।
अहिले मन्धना अवसर र चुनौती दुवैको मझधारमा छिन् । छनोटकर्ताहरूसँग मिलेर सही छनोट गर्नु उनको पहिलो दायित्व हो । पूर्वकप्तान कौरको विशेष थियो कि उनी पहिलो योजनामा असफल भएलगत्तै अर्को योजना बनाएर टोलीलाई अगाडि बढाउँथिन् । कहिले पनि आत्मबल कमजोर हुने वातावरण भारतीय टोलीमा थिएन ।
उनीसँग काम गरेका धेरै युवा स्टार मन्थनाको क्षमतामा विश्वस्त छन् । बलर सिम बलर श्रेयान्का पाटिल र लेग स्पिनर आशा शोभना यसैका उदाहरण हुन् । सम्भवतः उनको नेतृत्वमा भारतले अर्को वर्ष हुने च्याम्पियन्स ट्रफीलगायत धेरै प्रतियोगिता खेल्नेछ । ओलम्पिक खेलकुदसम्म मन्थानाको सेरोफेरोमा भारतीय क्रिकेट टोली रहनेछ ।
– एजेन्सीहरुको सहयोगमा























