images
images
  • बार्सिलोना र आर्सनल च्याम्पियन्स लिगमा अग्रणी

    काठमाडौं– युरोपेली च्याम्पियन्स लिग फुटबलको मङ्गलबार राति भएको खेलमा बार्सिलोनाले गालतासारेलाई ४-१ ले हराएको छ । घरेलु भूमिमा भएको खेलमा गालतासारेले २८ औं मिनेटमा बादताक्रोभको गोलमा अग्रता लिएको थियो ।

    बर्सिलोनाका लागि जाओ सेन्सेलो, फर्मिन लोपेज, ए जोर्डन र अडियामीले गोल गरे । म्यानचेस्टर युनाइटेडले भने पराजयको सामना गरेको छ । एथलेटिको म्याड्रिडले म्यानचेस्टरलाई २–० ले हरायो । म्याड्रिडमा भएको खेलमा विजयी टोलीका लागि पाब्लो बारियस र लोकमानले गोल गरे ।

    अर्को बलियो क्लब इन्टरमिलान पनि घरेलु भूमिमै क्लब ब्रगसँग ४-३ ले पराजित भएको छ । ब्रगका लागि निकोलो ट्रेसेल्डोले ह्याट्रिक गरे । रोमियो भर्मान्टले गोल गरे । इन्टरका लागि लाउटारो मार्टिनेजले दुई गोल तथा एन्जे मोनीले गोल गरे ।

    आर्सनलले भने लिलीलाई ३-० ले हरायो । घरेलु भूमिमा भएको खेलमा आर्सनलले दोस्रो हाफमा नै तिन गोल गरेको थियो । आर्सनलका लागि जुरियन टिम्बर, इम्बरिच इजी तथा बुकायो साकाले गोल गरे ।

    वायरन म्युनिख भने भिकिङसँग ३-३ गोलको बराबरीमा रोकियो । घरेलु भूमिमा भएको सो खेलमा भिकिङले जी स्टेनेसको गोलमा दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । क्रिस्टेनसनले दोस्रो गोल गरे भने हेरी केनले दोस्रो हाफमा दुई गोल गर्दै म्युनिखलाई खेलमा फर्काए । ७७ औं मिनेटमा डियाजले गोल गर्दै म्युनिखलाई अग्रता दिलाएको खेलको इन्जुरी समयमा भिटिङका हर्मन हाउगेनले गोल गरे ।

    अर्को खेलमा स्पोर्टिङ सिपीले लेन्सलाई २-० ले हरायो । सबाह एफकेले स्लाभिया प्रागलाई समान गोल अन्तरले हरायो । आरबी लेइपेगले पिएसभी आइन्ड होभनलाई १-० ले हरायो ।

    भिल्लारियलले नेपोलीलाई ३-१ ले हरायो । सो खेलमा अमिर रहमानीको गोलमा भ्रमणकारी टोली नेपोलीले सुरुवातमा नै अग्रता लिएको हो । भिल्लारियलका लागि जर्ज मिकाउट्जे, माउरिनो र टानी ओलीआउसेले गोल गरे ।

    बार्सिलोनाले सुरुवाती दुई खेलमा नै सफलता पाउँदै तालिकामा अग्रता कायम गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images